काठमाडौं, आज मङ्गलबार सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक १ बजेर १ मिनेटमा बस्दैछ ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाइ एवम् शुभकामना प्रदान गरिने कार्यक्रम छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...