काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन्।
केही दिनअघि मन्त्री प्रधानले सार्वजनिक रुपमै संघीयताविरोधी अभिव्यक्ति दिएका थिए। एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा पनि उनले संघीयता खारेज हुनुपर्ने धारणा राखेका थिए।
आफ्नै क्याबिनेटका मन्त्रीले संघीयताविरोधी अभिव्यक्ति दिएको कुरा प्रधानमन्त्री दाहालले राष्ट्रियसभाको मंगलबारको बैठकमा खुलाएका थिए।
उनले मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने बताएका थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुले संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन्।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...