काठमाडौ, नेपाली बजारमा मंगलबार सुन कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुन २५ फागुन २०७८ मा प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।
आज १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।
पोखरा, पोखराबाट काठमाडौँ जाने काम परेपछि आइतबार मैले एउटा टिकट काटेको थिएँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो...
दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरभित्रका एकल...
काठमाडौं, पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा...