२०७९ माघ १९
February 2, 2023, Thursday

सेफ्स एशोसियशनले आयजना गर्यो निःशुल्क मुटुको जाँच तथा रक्तदान कार्यक्रम

सेफ्स एशोसियशनले आयजना गर्यो निःशुल्क मुटुको जाँच तथा रक्तदान कार्यक्रम

काठमाडौँ, सेफ्स एशोसियशन अफ नेपालले निःशुल्क मुटुको जाँच तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

एशोसियशनले सोनाम ल्होसारको अवसरमा नेपाल हार्ट फाउण्डेशनको सहकार्यमा निःशुल्क मुटुको जाँच तथा प्रसुती रक्त सञ्चार केन्द्र थापाथलीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गररेको हो ।

एशोसियशनका अध्यक्ष श्यामबहादुर लामाले एउटा व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन जोगिन सक्ने भएकाले एशोसियशनले सामाजिक कार्यअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ, उनले भने ।

कार्यक्रममा नेपाल हार्ट फाउण्डेशनका अध्यक्ष सानुबाबु प्रजापति र वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रेमराज बैद्यले मुटुको जाँच गरेका थिए ।

एशोसियशनले आयोजना गरेको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ५० भन्दा जनाले मुटुको जाँच गराएका थिए ।

एशोसिएसनले सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७९ माघ १०, मंगलवार १८:४८ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
  • २०७९ माघ १०, मंगलवार १८:४८ गते

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७९ माघ १०, मंगलवार १८:४८ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

TOP