काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको बारेमा जानकारी लिएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालले आफू मातहतका कार्यालयहरूको जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले आफ्नो प्रस्तुति राखेका थिए ।
यसैगरी, कार्यालय प्रमुखहरूले आफ्नो मातहतका कार्यालयको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहल, कार्यालयका समस्या र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।
प्रधानमन्त्री दाहालले अर्को दिन बाँकी कार्यालय प्रमुखको प्रस्तुति सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्ने छन् ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...