२०८१ बैशाख ६
April 18, 2024, Thursday

जर्मनीले युक्रेनमा लियोपार्ड-२ ट्यांक पठाउने, रुससँगको युद्ध झनै चर्कने संकेत

जर्मनीले युक्रेनमा लियोपार्ड-२ ट्यांक पठाउने, रुससँगको युद्ध झनै चर्कने संकेत

एजेन्सी, चौतर्फी दबाव र तनावका बीच जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा अत्याधुनिक लियोपार्ड-२ लडाकु ट्यांक पठाउने निर्णय गरेका छन्।

‘चान्सलर स्कोल्जले आफ्नो देशबाट पनि लियोपार्ड-२ ट्यांक युक्रेन पठाउने र अरु देशलाई पनि पठाउन अनुमति दिने निर्णय गरेका छन्,’ जर्मन रिपोर्टहरुलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।

लियोपार्ड-२ ट्यांक जर्मनीमा बनाइन्छ र जर्मनीले विशेष निर्णय गरेर मात्रै यसको निर्यात हुन्छ । जर्मनीले रूससँग द्वन्द्व बढ्न सक्ने चिन्तामा यो विषयमा लामो समय निर्णय गर्न सकेको थिएन ।

तर, नेटो राष्ट्रको चौतर्फी दबाबपछि स्कोल्जले कम्तिमा १४ वटा लियोपार्ड-२ ट्यांक युक्रेनमा पठाउने निर्णय गरेका खबरमा उल्लेख छ ।

अब जर्मनीले केहि ट्यांक पोल्याण्ड र बेलायतलाइ बेच्नेछ र उनीहरुले पनि युक्रेनलाई पठाउनेछन् ।

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडीजका अनुसार कम्तिमा १६ वटा युरोपेली र नेटो देशहरूसँग लियोपार्ड -२ ट्याङ्कहरू छन् । सबैले युक्रेनमा ट्याङ्कहरू पठाउने छैनन् ।

युक्रेनले रुससँगको युद्ध जित्न अझै तीन सय वटा आधुनिक मुख्य युद्ध ट्याङ्कहरू चाहिने बताउँदै आएको छ । तर, यदि आधा दर्जन पश्चिमी राष्ट्रहरू प्रत्येकले १४ वटा ट्याङ्कहरू उपलब्ध गराएमा जम्मा एक सयको हाराहारीमा मात्रै पुग्नेछ ।

बेलायतको च्यालेन्जर-२ , जर्मनीको लियोपर्ड-२ र अमेरिकाले बनाएका अब्रामहरू सहित पश्चिमी ट्याङ्कहरू सबै सोभियत युगका ट्यांक भन्दा उत्कृष्ट मानिन्छन् । अहिले युक्रेनले सोभियतकालिन हतियार भन्दा अत्याधुनिक हतियार चाहिएको बताउँदै आएको छ ।

लियोपार्ड-२ जस्ता ट्यांकले युक्रेनी टोलीहरूलाई थप सुरक्षा, गति र शुद्धता प्रदान गर्नेछन्। अब पश्चिमा देशले दिएका हतियार चलाउन युक्रेनी सेनालाई तालिम दिइनेछ ।

शक्तिसञ्चयका साथ आउँदो वसन्त याममा युक्रेनले रुसमाथि आफ्नो भूमिमा विजय हासिल गर्न सक्ने विश्लेषण बीबीसीले गरेको छ ।

रुसले युक्रेन युद्धमा ठूलो शक्ति गुमाएको र पश्चिमा देशले अत्याधुनिक हतियार पठाउन थालेका रुस कमजोर हुने आँकलन छ । युक्रेनले युद्ध सुरु भएदेखि नै पश्चिमा मुलुकसँग आधुनिक लडाकु विमान उपलब्ध गराउन पनि माग गर्दै आएको छ ।

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७९ माघ ११, बुधबार ०८:३१ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७९ माघ ११, बुधबार ०८:३१ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७९ माघ ११, बुधबार ०८:३१ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP