२०८१ बैशाख ६
April 18, 2024, Thursday

राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी दर्ता आज

घोराही, माघ २५ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालतको पुरानो भवन परिसरमा उम्मेदवारी दर्ता हुने र दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभा सदस्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदारी दर्ता गर्ने तयारी छ ।

राष्ट्रियसभा सदस्यका लागि माघ २५ गते मतदान घोराहीस्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार उपनिर्वाचनका लागि माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिएका छन् ।

प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन् ।

यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले ४र४, जसपा, लोसपा, जनमतले ३र३, जनमोर्चा र नेकपा एसले १र१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७९ माघ ११, बुधबार ०८:५९ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ माघ ११, बुधबार ०८:५९ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ माघ ११, बुधबार ०८:५९ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP