एजेन्सी, माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ ।
त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।
प्राप्त समाचार अनुसा माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ ।
सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् ।
यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।
सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् ।
उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ ।
यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।
एजेन्सी, इजरायली सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा लाखौँ नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्यायपालिकासम्बन्धी कानून परिमार्जन गर्न...
एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ । विद्यालय समयमै टेनेसी राज्यको...
एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...