हुम्ला, आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन नै गलत हुँदा राज्यले करोडौँ भार खेप्नुपरेको छ ।
तर, आयोजना प्रमुखले हल्का रूपमा लिँदै थप मर्मत गर्ने बताउँछन । यो कम्पनीले सरकारलाई करोडौँ रुपियाँ नोक्सानी भएको छ भने यातायात सञ्चालनमा समेत अति जोखिम भएको छ ।
कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडक खण्डको चट्टानी भीरको सडक भएको च्याछरामा यातायातका साधनलाई जोखिम उठाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
सडकको ग्रेड नमिलेको र स्तरोन्नति हुन ढिलो हुँदा ट्र्याक खुल्ला गरिएको सडकमा गाडी गुडाउनु परिरहेको हो ।
गाडी चालक दीपेन्द्र भण्डारीले चट्टानी भीर रहेको च्याछरा क्षेत्रमा यातायातका साधन ठूलै जोखिम उठाएर सञ्चालनमा आएको बताए ।
एक वर्ष अगाडी्रि ग्रेड नमिलेको सो क्षेत्रको सडकमा बोलेरो जीपलाई चालकले सावधानी नअपनाएको भए दुर्घटनाबाट जोगाउन कठिन देखिएको थियो ।
सो बेला च्याछरामा हिल्सातर्फ गइरहेको बोलेरो जीप एक्कासि ब्याक हुँदा चालकले बाहिर निक्लेर जोगाएका थियो ।
सडक चट्टानी भीर क्षेत्रमा पर्ने र तल कर्णाली नदी छ । उनले पहिलो कुरा भीरको सडकको ग्रेड नमिलेको कारण उकालो सडकमा गाडी गुडाउनु परिरहेको र कुनै स्थानमा सडक साँघुरो भएको कारण उस्तै समस्या हुने गरेको बताए ।
चार वर्ष लगाएर हिल्सा सिमकोट सडक आयोजनाले चट्टानी भीरलाई विस्फोट गरेर सडक निर्माण गरी जसोतसो यातायातका साधन सञ्चालन ल्याउने कार्य भएको हो ।
सडक असजिलो भएको कारण उकालोमा जाँदा यात्रुलाई झारेर गाडी गुडाउनुपर्ने चालकलाई बाध्यता छ । सो सडक गत वर्षबाट सञ्चालनमा आएको हो ।
ट्याक खुल्ला गरिएको भए पनि सडकको स्तरोन्नति नभएको कारण साना गाडी सञ्चालनमा केही सहजता भए पनि ठूला गाडीलाई भने समस्या हुने गरेको छ ।
त्यसमाथि पहिरो जाने क्षेत्र समेत भएको कारण बर्खामा सडक अवरुद्ध हुने गरेको छ ।
आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले सडकको ग्रेड नमिलेको स्वीकार गर्दै डिजाइन गर्दा जोखिम बढ्यो रहेको बताए ।
हाल ट्याक खुल्ला भएकोले जेनतेन गाडी सञ्चालन भएको भए पनि जोखिम बढ्योयसलाई स्तरोन्नति गरी सडक चौडा गर्ने कार्य अब गर्ने बताए ।
अबको स्तरोन्नति कार्यमा सडकको हालको नमिलेको ग्रेडलाई मिलाउने कार्य गरिने बताउँदै जोखिम बढ्यो च्याछराबाट इलिङसम्म दुई भाग बनाएर नब्बे करोडमा सडकको स्तरोन्नति गर्न ठेक्का आह्वान भइसकेको बताए ।
पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...