२०८० मंसिर १४
November 30, 2023, Thursday

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड

काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् ।

उनले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताएकी हुन् । उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन् ।

उनले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाइन ।

उपविदेशमन्त्री न्युल्याण्डले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन् ।

उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताइन् ।

सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरकोसमेत अवलोकन गरेकी थिइन् ।

उनले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल’, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओलीसँग अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ माघ १६, सोमबार १९:३४ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ माघ १६, सोमबार १९:३४ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ माघ १६, सोमबार १९:३४ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

TOP