काठमाडौ, नेफ्टा अवार्ड आयोजनाका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सम्झौता गरेका छन् । सम्झौता अनुसार काउन्सिलले नेपालको टुरिजमलाई प्रमोसन गर्दै पर्यटनलाई प्रर्बधन गर्न सम्झौता भएको हो ।
नेफ्टा इभेन्टलाई सपोर्ट गर्ने गरी विभिन्न सहायक इभेन्टहरुको आयोजना गर्ने र सेल्स प्रर्बधन तथा सम्वन्धनका लागि तीनै सरकार र मातहतका निकायसित समन्वय गर्ने सम्झौतामा उल्लेख छ ।
कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड र काठमाण्डौ महानगरपालिकासँग पनि पर्यटन प्रर्बधन गर्ने काममा हातेमालो गरेर जानु पर्नेमा दुवै पक्षको जोड रहेको छ ।
सम्झौता अनुसार दुवै पक्षले “Clean Mountain Initiatives ” लाई अभियानका रुपमा कार्यक्रम प्रस्तुत गरिने काउन्सिलका अध्यक्ष तथा मुनलाइट टेलिभिजनका कार्यकारी निर्देशक धर्मेन्द्र सापकोटाले बताए ।
नेफ्टा अवार्ड २०२३ को भइ मा अमेरिकाको टेक्सासमा आयोजना हुन लागेको छ ।
काठमाडौँ । हिट, फ्लप, नयाँ, पुराना सबै कलाकार यति बेला चुनावी मैदानमा छन् । कलाकारहरूको साझा संस्था नेपाल चलचित्र कलाकार...
काठमाडौ, छैटौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबको तयारी पूरा भएको छ । विश्व भरिका कथाहरुको उत्सब नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सब निफले...
काठमाडौं, हाँस्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ। उनका पिता लोकगायक राजेन्द्र लम्सालको निधन भएको हो। लामो...