२०८१ बैशाख ८
April 20, 2024, Saturday

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् ।

बैठकले परराष्ट्र मन्त्रालय अन्तरगत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी ऊर्जा मन्त्रालय अन्तरगत अमरपुर ढुंडगेसाँगु आयोजनाका बनाउन जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने, श्रीलंकाको राष्ट्रिय स्वतन्त्रता दिवसमा परराष्ट्र मन्त्री जाने लगायतका निर्णय पनि भएको शर्माले जानकारी दिइन् ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ माघ १६, सोमबार १९:१९ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०७९ माघ १६, सोमबार १९:१९ गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ माघ १६, सोमबार १९:१९ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

TOP