२०८० चैत्र १६
March 29, 2024, Friday

आर्थिक संकटबारे नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

आर्थिक संकटबारे नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

काठमाडौँ, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

म‌ंगलबार बिहान अध्यक्ष नेपालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री दाहाललई २० बुँदे स सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।

चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको जनाएको छ ।

मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको र गत मंसिरसम्मको तथ्यांक अनुसार राजस्व उठ्ती २०.७ प्रतिशतले नकारात्मक भएको पार्टीले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

आम जनतामा निराशा व्याप्त रहेको र राजनीति र राजनीतिक संस्थाहरूप्रति नै आम जनतामा एकखाले वितृष्णा सिर्जना हुँदै गैरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘बैंक ब्याज चर्को भएका कारणले ऋणलिएर कारोवार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको छ ।

बैंक तथा विभिन्न वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिकजसो किसान तथा साना र मझौला ब्यवसायीहरूले आत्महत्या गरिरहेका छन् । ठूला व्यवसायीहरु पनि गंभीर संकटतर्फ उन्मुख भएका छन् ।

देशमा गरिखाने वातावरण नभएका कारणले युवाहरुको विदेश पलायन तीब्र भैरहेको छ । दैनिक उपभोग्य सामानको मूल्यमा अत्यधिक बृद्धि हुनुका कारणले आम जनजीवन कष्टकर भएको छ ।

न्यून आयसमूहका श्रमिक वर्गका मानिस बाँच्नै मुश्किल भएको छ । मुद्रा स्फिति झण्डै बाहू प्रतिशत पुगेको छ । यसले जनजीवनमा व्यापक असन्तुष्टि सिर्जना भएको छ।’

उद्योग(व्यवसाय धराशायी हुँदै गएपछि बैंकको ऋण असुलीमा गंभीर समस्या देखिएको पार्टीले बताएको छ । ‘यसले गर्दा समग्र बैंकिङ व्यवसाय संकटको डिलमै पुगेको छ ।

बैंकहरुमा तरलताको चर्को अभाव देखिएको छ । बैंकहरुले आफैँले स्विकृत गरेको ऋण प्रवाह गर्न नसक्ने अवस्था देखिएको छ तथा नयाँ परियोजनाका लागि ऋण प्रवाह गर्न नसकिने अवस्था सिर्जना हुँदै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘वैदेशिक मुद्राको सञ्चितिमा आंशिक सुधार भएता पनि खतराको अवस्था यथावत रहेको छ ।

वैदेशिक मुद्रा आर्जनको एकमात्र प्रमुख श्रोत विप्रेषण आय रहेको र नेपालीहरुले काम गर्ने देशहरु पनि आर्थिक संकटको सामना गर्न थालेका हुँदा नेपाली कामदार कटौतिको खतरा बढ्दै गएको देखिन्छ।’

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ माघ १७, मंगलवार १२:३१ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ माघ १७, मंगलवार १२:३१ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ माघ १७, मंगलवार १२:३१ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP