२०८१ बैशाख ८
April 20, 2024, Saturday

पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ ।

यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशाना बनेका थिए।

यो मस्जिदमा प्रहरीको कडा पहरा रहेको छ । आक्रमणमा परी कम्तीमा १५० जना घाइते भएका छन् र उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

शहरको लेडी रिडिङ अस्पतालका चिकित्सकले केहीको अवस्था अझै चिन्ताजनक रहेको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक विज्ञप्ति जारी गर्दै ‘आतंकवादीहरूले पाकिस्तानको रक्षा गर्नेहरूलाई निशाना बनाएर डरको वातावरण सिर्जना गर्न चाहन्छ’ भनेका छन्।

हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ।

तेहरिक(ए(तालिबान पाकिस्तान नामको यो अतिवादी समूहले गत वर्ष नोभेम्बरमा युद्धविराम समाप्त गरेको थियो।

त्यसयता पाकिस्तानको सीमा क्षेत्रमा हिंसा बढेको छ । पेशावरको मस्जिदमा फिदाइनले आक्रमण गरेको बताइएको छ ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद इजाज खानले स्थानीय सञ्चारमाध्यमलाई विस्फोटको समयमा घटनास्थलमा ३ सय देखि ४ सय जना प्रहरी उपस्थित रहेको बताएका छन् ।

यो मस्जिद सहरको एकदमै सुरक्षित क्षेत्रमा अवस्थित छ, जहाँ प्रहरी मुख्यालय र आतंकवाद विरोधी ब्यूरोको कार्यालय रहेको छ।

एक विज्ञप्तिमा प्रधानमन्त्री शरीफले आक्रमणकारीहरूको इस्लामसँग कुनै सम्बन्ध नभएको बताएका छन्।

सम्पूर्ण देश आतंकवादको खतरा विरुद्ध एकजुट रहेको उनको भनाई छ।

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७९ माघ १७, मंगलवार ०९:४३ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७९ माघ १७, मंगलवार ०९:४३ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७९ माघ १७, मंगलवार ०९:४३ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP