२०८० चैत्र १५
March 28, 2024, Thursday

सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै

सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमिति नै दुई भागमा विभाजित भएको छ ।

केही दिनअघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए ।

आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिनसक्ने सम्भावनासमेत छ ।

टी–२० लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

Related News

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०७९ माघ १७, मंगलवार ०८:५० गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
  • २०७९ माघ १७, मंगलवार ०८:५० गते

सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी...

त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
  • २०७९ माघ १७, मंगलवार ०८:५० गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी २८ वर्षीया संगीता...

TOP