२०७९ चैत्र १९
April 2, 2023, Sunday

भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने

भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने

दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

नगरभित्रका एकल तथा विपन्न महिलाहरुको आर्थिक सशक्तिकरण र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले यो अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए ।

उनका अनुसार ५० प्रतिशत लागत साझेदारीमा नगरले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार एकल तथा विपनन महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउन कार्यकम सफल हुने नगरले अपेक्षा राखेको छ ।

श्रीमानको निधनपछि साथ खोजिरहेका एकल र विपन्न महिलाहरु यस कार्यक्रमबाट लाभान्वित हुँदा स्थानीय सरकारको सहयोग र साथको प्रत्यभूति हुने नगरप्रमुख मानन्धरले बताए ।

यो कार्यक्रमका लागि नगरले ४८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । उनले भने , ‘‘कार्यक्रममा सहभागी हुनेहरुले ५० प्रतिशत लागत व्यहोर्नुपर्ने छ । ईच्छुकहरुलाई सहभागी हुन आग्रह समेत गरिसकिएको छ ।’’

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७९ माघ १८, बुधबार ०९:१० गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७९ माघ १८, बुधबार ०९:१० गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७९ माघ १८, बुधबार ०९:१० गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP