२०८० मंसिर २०
December 6, 2023, Wednesday

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड, पौने १४ लाख बढीको हात खाली

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड, पौने १४ लाख बढीको हात खाली

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो।

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो।

जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।

बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए।

जसमा १४ लाख ६५ हजार ७६३ आवेदकबाट परेको १ करोड ६५ लाख ६६ हजार २३० कित्ता सदर भएको छ भने बाँकी ८ हजार २०६ आवेदकबाट १ लाख ४ हजार ७६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन्। सदर आवेदकमध्ये १३ लाख ७६ हजार १२३ आवेदकको हात खाली भएको छ।

आईपीओ बाँडफाँडको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र जारी गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

Related News

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ माघ १९, बिहीबार १२:५४ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ माघ १९, बिहीबार १२:५४ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’
  • २०७९ माघ १९, बिहीबार १२:५४ गते

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने...

TOP