काठमाडौं, सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।
दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो । यस विषयमा राप्रपा मौन देखिएको छ ।
नागरिकता सम्बन्धी विवादका कारण रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री पद गुमेको छ ।
रविले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि रास्वपाले गृहमन्त्रालय पाउनुपर्ने अडान लिंदै आएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि रास्वपाको अडानलाई साथ दिएका छन् । तर, प्रधानमन्त्री पुस्पकमल दाहालले उक्त मन्त्रालय तत्काल रास्वपालाई नदिने बताएका छन् ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...