काठमाडौ, पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन् । दुवै मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराइरहेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार स्वास्थ्यमा थप समस्या देखिएमा कटवालको आइसियूमा राखेर उपचार भइरहेको छ ।
‘मिर्गौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराइरहेनु भएको थियो । थप समस्या देखिएपछि उहाँ मंगलबारदेखि आइसियूमा हुनुहुन्छ’, भण्डारीले भने ।
उनका अनुसार कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । कटवाल २४ भदौ २०६३ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए ।
औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...