२०८० मंसिर १४
November 30, 2023, Thursday

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज, भोलि निर्वाचन

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज, भोलि निर्वाचन

काठमाडौ, राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा मनोनयन दर्ताको कार्यक्रम रहेको हो ।

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचनको कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा सत्तारुढ दल र कांग्रेसले उम्मेदवारी दिने बताइएको छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

विपक्षी दलले भने आज उम्मेदवार चयन गर्दैछन् । राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्दैछ ।
शनिबार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो ।

यद्यपि सो बैठकमा निष्कर्ष निस्कन सकेन । जसकारण बैठक फेरि आज बिहान बस्न लागेको हो ।

Related News

बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने आजपाको निर्णय
  • २०७९ माघ २२, आईतवार ०८:४५ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७९ माघ २२, आईतवार ०८:४५ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री 
  • २०७९ माघ २२, आईतवार ०८:४५ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।  स्वबासी, सुकुम्वासी...

TOP