२०८० मंसिर २१
December 7, 2023, Thursday

भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु

भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी, टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

दक्षिण/पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।

यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले एएफपीलाई बताएका छन्।

भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।

भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ माघ २३, सोमबार १२:४७ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ माघ २३, सोमबार १२:४७ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ माघ २३, सोमबार १२:४७ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP