२०८० आश्विन १४
October 1, 2023, Sunday

कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउँछौं : डा. कोइराला

कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउँछौं : डा. कोइराला

चितवन, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दलले उठाएको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने दाबी गरेका छन्।

राष्ट्रपति पदमा अन्य दलसँग छलफल गरी उम्मेदवार बनाउने उनले बताए । नेपाल प्रेस युनियनको बागमती प्रदेशको पहिलो अधिवेशनमा बोल्ने क्रममा नेता शेखरले उक्त दाबी गरेका हुन् ।

‘राष्ट्रपति निर्वाचनको कुरालाई लिएर सत्तामा भएका केही दलले भाँजो हाल्न खोजेको भनिरहनुभएको छ,’ नेता शेखरले भने,‘हामी सबैभन्दा ठूलो दल हौं ।

प्रतिपक्षमा छौं । सरकारमा जाँदैनौ, प्रतिपक्षको भूमिका खेल्छौं ।’प्रतिपक्ष दल ‘गर्भमेन्ट इन वेटिङ’ भएको सत्तामा हुने दलहरूले बुझ्नुपर्ने कोइरालाले बताए ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २५ का लागि तोकेको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २४, मंगलवार २०:०४ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २४, मंगलवार २०:०४ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
  • २०७९ माघ २४, मंगलवार २०:०४ गते

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...

TOP