२०८० आश्विन १४
October 1, 2023, Sunday

चितवनपछि झापाका किसान आन्दोलित, काठमाडौंमा बर्डफ्लूको त्रास

चितवनपछि झापाका किसान आन्दोलित, काठमाडौंमा बर्डफ्लूको त्रास

बिर्तामोड, चितवनका किसानले तरकारी सडकमा फ्याँकेर सांकेतिक विरोध प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै झापाका किसानले पनि यस्तै विरोध गरेका छन्।

मंगलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा सडकमा फालेर किसानले विरोध जनाएका हुन्।

उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए।

आफ्ना उत्पादनले उचित मूल्य र बजार पाउनुपर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसानको भनाइ छ।

कृषिमा आत्मनिर्भर हुन सरकारले गरेको आग्रहअनुसार आफूहरु कृषि कर्ममा लागेर उत्पादन गरे पनि सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनुपरेको उनीहरुको भनाइ छ।

‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानुपरेको छ। सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ।

यो स्थिति हटाउन सरकारले पहल गर्नुपर्छ,’ स्थानीय किसान भरत चम्लागाईंले भने।

बढ्दो ब्याज र महँगीका कारणले देशभरका किसान मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमूलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन्।

गत शुक्रबार चितवनका किसानले सडकमा फालेको तरकारी

यता काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू पुष्टि भएको छ। ललितपुरको खुमलटार, नागर्जुन(६ रामकोट, तार्केश्वर(७ संगालछापमा बर्डफ्लू देखिएको हो।

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू देखिएको पुष्टि भएको बताएका छन्।

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो।

अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चरा मर्न थालेपछि त्यसको नमूना परीक्षणका लागि पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो।

बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दाना नष्ट गर्ने काम भइरहेको छ। रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ।

त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ। ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २४, मंगलवार १९:३९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २४, मंगलवार १९:३९ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७९ माघ २४, मंगलवार १९:३९ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP