२०८० आश्विन १४
October 1, 2023, Sunday

सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने उन्मक्ति पार्टीको निर्णय

सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने उन्मक्ति पार्टीको निर्णय

धनगढी, सुदूरपश्चिम सरकारलाई विश्वासको मत प्राप्त गर्न मुस्किल परेको छ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले मत नदिने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।

सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नाउपाले कसैलाई पनि मत नदिने निर्णय गरेको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् ।

उनले जेलमा रहेका आफ्ना दलका नेतारकार्यकर्ता रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कुनै पनि दललाई पनि मत नदिने पार्टीका अध्यक्ष श्रेष्ठले बताइन् ।

प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नाउपाको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

२७ माघमा रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ । अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिए पनि मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउँदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

५३ सदस्यीय प्रदेश सभामा सत्ता पक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य छन् ।

विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २४, मंगलवार १९:४६ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २४, मंगलवार १९:४६ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २४, मंगलवार १९:४६ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP