काठमाडौ, लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रसहितको साथ पाएका उनले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित भएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
प्रदेश राजधानी दाङस्थित घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चलेको थियो।
यो निर्वाचनमा ३०५ मतदाता थिए। जसमा एकजनाले मतदान गरेनन्।
यो उपनिर्वाचनमा एमालेका दसौदीसँगै कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्र विक्रम राय उम्मेदवार थिए।
पराजित कांग्रेसका आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्तिका रायले १९२ मत ल्याउन सफल भए।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...