२०८० आश्विन १४
October 1, 2023, Sunday

टर्की भूकम्पमा ज्यान गुमाउने ८ हजार नाघे, बन्दरगाहमा आगलागी हुँदा अर्को विपद्

टर्की भूकम्पमा ज्यान गुमाउने ८ हजार नाघे, बन्दरगाहमा आगलागी हुँदा अर्को विपद्

एजेन्सी, टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८ हजार जना नाघेको छ ।

अहिलेसम्म टर्कीमा ६ हजार एक सय र टर्कीमा एक हजार ९ सय जनाको ज्यान गएको सीएनएनले जनाएको छ ।

दुवै देशमा गरेर २५ हजार जना भन्दा धेरै घाइते भएका छन् ।

टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

टर्कीमा उद्दार र राहतको लागि संसारभरका कयौँ देशले सामग्रीसहित जनशक्ति पठाएका छन् । हराइरहेका मान्छे खोज्ने कुकुर र अत्याधुनिक उपकरणसहितका विमान टर्कीमा अवतरण गरिरहेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् ।

अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।

टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच, टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ ।

बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् । धुवाँको कालो मुस्लोले इस्तानबुलमाथिको आकास ढाकेको छ ।

आगो निभाउन दर्जनौँ हेलिकप्टर र जहाजको पनि प्रयोग भइरहेको गरिएका छन् । राष्ट्रपतिले यो भीषण आगलागीलाई विपद् माथिको विपद् भनेका छन् ।

Related News

पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’
पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’
  • २०७९ माघ २५, बुधबार ०७:५९ गते

लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको...

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
  • २०७९ माघ २५, बुधबार ०७:५९ गते

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस...

अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
  • २०७९ माघ २५, बुधबार ०७:५९ गते

 अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ...

TOP