२०८० आश्विन १४
October 1, 2023, Sunday

विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्ने विप्लवको तयारी, फागुन ५ र १५ मा देशव्यापी प्रदर्शन

विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्ने विप्लवको तयारी, फागुन ५ र १५ मा देशव्यापी प्रदर्शन

काठमाडौं, नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताएका छन् ।

पार्टी महाधिवेशनका निर्णय सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले दलाल पुँजीपति वर्गको सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता स्थापनामा जोड दिए ।

पुरानो विचार बोक्ने संसदवादीहरूसँग तत्काल एकता नहुने भन्दै विप्लवले आफुहरुले विश्लेषण गरेकै ठाउँमा देश पुगेको कारण अब देशको नेतृत्व नेकपाले गर्ने दाबी गरे । उनले पुराना संसदवादी दललाई गएको चुनावमै जनताले नपत्याएको समेत बताए ।

‘जनतामा आधारित पार्टी र जनताले आशा गरेको जस्तै पार्टी हामीले बनाउने हो’ उनले भने–‘पार्टी र नेतालाई विदेशी दलाल बनाउने होइन, आत्मनिर्भर बनाउने अभियानमा छौं ।’

मंसिरको चुनावमा क्रान्तिकारी धारलाई सिध्याउनेगरी विदेशी तत्वले लगानी गरेको आरोप लगाउँदै नेकपाले जनताले पनि चुनावमा विश्वास नगरेको बताए ।‘

चुनावलाई जनताले वास्तै गरेनन्’ उनले भने–‘त्यत्रो तामझाम गरेर चुनाव गर्दा पनि दुईवटै गठबन्धनलाई नै जनताले पत्याएनन् ।

जनताले केही मत नयाँलाई दिएको तर त्यो आशाभन्दा पनि वितृष्णा र निराशाको मत भएको उनको जिकिर थियो ।‘

जनताले पुराना संसदवादी पार्टीलाई पत्याएको देखिएन’ उनले अगाडि भने–‘बाहिर हल्ला गरिएको जस्तो रास्वपा र नागरिक उन्मुक्ति पार्टीले मत ल्याएको होइन र जनताले पत्याएको पनि होइन ।’

उनले आर्थिक संकट चुलिँदै जाँदा मजदुर किसान र राष्ट्रिय पुँजीपति सडकमा पुग्ने अवस्था आएको पनि बताए ।

तराईमा मिटरब्याज र पहाडमा लघुवित्तको ज्यादती अनी शहरमा चर्को ब्याजदरले जनतालाई शोषण गरेको उनको भनाइ थियो ।

मुठ्ठीभर पुँजीपतिको हातमा देशको अर्थतन्त्र रहेको भन्दै उनले दलाल पुँजीपति बर्गको सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भन्ने निर्णय पार्टीले लिएको बताए ।

उनले राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको लागि फागुन ५ र १५ मा देशव्यापी प्रदर्शन गर्नेसमेत बताए ।

अहिले पनि ४० जना नेता कार्यकर्ता जेलमा रहेको भन्दै उनले छाडन आग्रह गरे । राज्यबाट पटक(पटक सहमति हुँदा पनि अझै राज्यले सहमतिअनुसार बन्दी मुक्त र मुद्दा खारेज नगरेकोमा उनको आक्रोश थियो ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २५, बुधबार १५:२१ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २५, बुधबार १५:२१ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २५, बुधबार १५:२१ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP