२०८१ श्रावण ९
July 24, 2024, Wednesday

साफ यू–२० महिला फुटबलको फाइनलमा भोलि नेपाल र बंगलादेश भिड्ने

साफ यू–२० महिला फुटबलको फाइनलमा भोलि नेपाल र बंगलादेश भिड्ने

काठमाडौँ, बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा बिहीबार हुँदैछ ।

बिहीबार नेपालले आयोजक बंगलादेशको सामना गर्ने छ ।

समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।

मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

चार टोली सहभागी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको समूह चरण राउण्ड रोबिन लिगको आधारमा खेलाइएको थियो ।

३ खेलबाट ७ अंक जोड्दै बंगलादेश समूह विजेता बन्यो भने ६ अंक जोडेको नेपाल दोस्रो भएको छ ।

Related News

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७९ माघ २५, बुधबार १२:०७ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

कबड्डी टोली बंगलादेश प्रस्थान
कबड्डी टोली बंगलादेश प्रस्थान
  • २०७९ माघ २५, बुधबार १२:०७ गते

काठमाडौं । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका...

विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे ?
विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे ?
  • २०७९ माघ २५, बुधबार १२:०७ गते

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा...

TOP