२०८० आश्विन १४
October 1, 2023, Sunday

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज विहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

संयन्त्रको बैठकमा सत्ता गठबन्धनको भावि रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागिता र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिम सरकारलाई विश्वासको मतको बारेमा पनि बैठकमा छलफल हुनेछ ।

ओली निवास बालकोटमा बुधबार विहान भएको भेटमा राष्ट्रपति चयन लगायतका विषयमा छलफल गर्न बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

लामो समयदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री पुस्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने दोहोर्‍याएपछि राजनीतिक संयन्त्रमा छलफल गर्ने सहमति भएको हो ।

यसअघि राष्ट्रपति एमालेले पाउने भनिएपनि पछिल्लो पटक माओवादीले राष्ट्रिय सहमति जुटाउनुपर्ने बताइरहेको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २६, बिहीबार ०८:३८ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २६, बिहीबार ०८:३८ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २६, बिहीबार ०८:३८ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP