२०८० आश्विन १४
October 1, 2023, Sunday

फ्रेन्च कपबाट बाहिरियो पीएसजी

फ्रेन्च कपबाट बाहिरियो पीएसजी

एजेन्सी, पेरिस सेन्ट जर्मेन (पीएसजी)फ्रेन्च कपबाट बाहिरिएको छ । गएराति सम्पन्न अन्तिम १६ को खेलमा मार्सेलीविरुद्ध २–१ को हार बेहोर्दै पीएसजी फ्रेन्च कपबाट बाहिरिएको हो ।

मार्सेलीको जीतमा एलेक्स सान्चेज र रुस्लान मिलानोभ्स्कीले एकरएक गोल गरे । खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरुआती अग्रता दिलाए ।

यद्यपि मार्सेलीको अग्रता लामो समयसम्म टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १–१ को बराबरीमा ल्याए ।

मार्सेलीका रुस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि पीएसजीले गरेको केही उत्कृष्ट प्रहार गरे पनि ऊ सफल भने हुन सकेन ।

मेसी र नेयमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा १४ पटकको च्याम्पियन पीएसजी स्तब्ध बन्यो ।

फ्रान्सेली लिग वानमा मार्सेली शीर्ष स्थानमा रहेको पीएसजीभन्दा ८ अंकले पछि छ । ऊ ४६ अंकसहित दोस्रो स्थानमा छ ।

Related News

१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
  • २०७९ माघ २६, बिहीबार ०७:५९ गते

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको...

१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
  • २०७९ माघ २६, बिहीबार ०७:५९ गते

नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया...

मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
  • २०७९ माघ २६, बिहीबार ०७:५९ गते

नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै...

TOP