२०८० आश्विन १४
October 1, 2023, Sunday

बढ्यो सुन–चाँदीको भाउ

बढ्यो सुन–चाँदीको भाउ

काठमाडौ, नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ।

गत कारोबार दिन अर्थात् बुधबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ

Related News

गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
  • २०७९ माघ २६, बिहीबार १४:०७ गते

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी
  • २०७९ माघ २६, बिहीबार १४:०७ गते

नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य...

युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
  • २०७९ माघ २६, बिहीबार १४:०७ गते

युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा...

TOP