काठमाडौ, सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस सिफारिस भएका छन्।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
डीआईजी बढुवामा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठलाई सिफारिस गरिएको छ। दोस्रो नम्बरमा अन्जनी कुमार पोख्रेल, तेस्रोमा दीपेन्द्र शाह र चौथो नम्बरमा पूरुषोत्तम थापा सिफारिस भएका छन्।
पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र थापा सशस्त्र प्रहरी प्रवक्ता हुन्। बढुवा सिफारिस उपर चित्त नबुझेमा ७ दिन भित्रमा उजुरी गर्न सकिने भनिएको छ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२...