२०८० आश्विन १४
October 1, 2023, Sunday

सिंहदरबारमा अब २४ घण्टा मेलम्चीको पानी

सिंहदरबारमा अब २४ घण्टा मेलम्चीको पानी

काठमाडौँ, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।

बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ ।

यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन ।

खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।

यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्क, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने जानकारी दिए ।

उनले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए । उनका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ ।

सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिएको छ । त्यही ट्याङ्कीबाट सिंहदरबारमा पानी वितरण सुरु गरिएको हो ।

उनले भने , “यसअघि बोरिङको पानी वितरण गरिँदै आइएको पाइपलाइनबाट नै पानी विभिन्न मन्त्रालय र निकायमा वितरण गरिनेछ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार २६ वटा धाराबाट पानी वितरण हुँदै आएको छ । सुरुमा ती धाराबाट नै मेलम्चीको पानी वितरण गरिनेछ । त्यसपछि पाइपलाइन थपिँदै जाने हो ।”

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइप पठाइसकिएको जानकारी दिए ।

उनले भने , “सिंहदरबारमा ‘पिक–आवर’मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको छ ।”

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताए ।

उनले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गरे ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २६, बिहीबार ०९:३५ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २६, बिहीबार ०९:३५ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७९ माघ २६, बिहीबार ०९:३५ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP