२०८० आश्विन १४
October 1, 2023, Sunday

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने सर्‍यो, उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमै

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने सर्‍यो, उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमै

धनगढी, नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमै रहेका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ५ बजेसम्मका लागि सरेको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बोलाइएको बैठक ५ घण्टा पर सारिएको हो।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताएकी छिन्।

उनले केही समयअगाडि सामाजिक सञ्जालमा सुदूरपश्चिमका ७ सांसदसहितको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेकी छिन्।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन्।

नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार विश्वासको मत लिन नसकेको अवस्थामा भने उपधारा ३ सक्रिय बन्नेछ।

जसअनुसार प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २६, बिहीबार १३:२० गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २६, बिहीबार १३:२० गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २६, बिहीबार १३:२० गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP