२०८० आश्विन १४
October 1, 2023, Sunday

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् जसपा, जनमत र उन्मुक्ति पार्टी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् जसपा, जनमत र उन्मुक्ति पार्टी

काठमाडौँ, एमालेका अध्यक्ष केपी ओली नेतृत्वको उच्च स्तरीय राजनीति संयन्त्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन् ।

उनी यसरी बैठकमा सहभागी भएपछि प्रश्न उठेको छ । सरकार सञ्चालनको विषयमा गठन भएको सो संयन्त्रमा स्वतन्त्र पार्टीका सभापति लामिछाने सहभागी भएका छन् ।

जब कि लामिछानेले सरकारबाट समर्थन फिर्ता लिइसकेका छन् । यो संयन्त्र सरकारमा सहभागी भएका दलहरूको हो ।

तर, सभापति लामिछाने किन सहभागी भए भनी जिज्ञासामा स्वतन्त्र पार्टीका प्रवक्ता मुकुन्द ढकालले सरकारबाट फिर्ता भए पनि समर्थन फिर्ता नलिएकोले बैठकमा सहभागी भएको बताए ।

सरकारमा नभए पनि सरकार कसरी सञ्चालन गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसमा सुझाव दिन सकिन्छ, सरकारबाहेक अन्य विषयहरूमा पनि छलफल भएको बताउँदै उनले सरकारलाई समर्थन गरेका अन्य दलहरू पनि बैठकमा सहभागी हुँदै आएको बताए ।

तर सरकारलाई समर्थन गरेका दल जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र सरकारमै सहभागी भएको जनमत पार्टी पनि बैठकमा सहभागी भएका छैनन् ।

सरकारमा सहभागी नभएको कारण जसपा नेपाल पनि संयन्त्रको बैठकमा जान छाडेको हो । सरकार निर्माण भइरहेको बेला एक दुईवटा बैठकमा जसपाको तर्फबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी हुँदै आएका थिए ।

तर जब सरकारमा सहभागी नहुने अवस्था सृजना भयो अनि जसपा पनि संयन्त्रको बैठकमा जान छाडेको बताइन्छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आवश्यकता अनुसार बैठकमा जाने गरेको बताए ।

उनी आफू उपत्यका बाहिर रहेको कारण बैठकमा सहभागी नभएको बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरू सरकारमा नभएको कारण बैठकमा नगएको बताए ।

उनले भने, ‘हामी सरकारलाई सुरुमै समर्थन गरेका थियौँ, तर हाम्रो मुद्दा र मागप्रति सरकार संवेदनशील नभएपछि सरकारमा सहभागी भएनौ, अहिले समर्थन पनि फिर्ता लिइसकेका छौँ त्यही भएर बैठकमा सहभागी हुने कुरा नै आउँदैन ।’

आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई सरकारले पक्राउ गरेपछि समर्थन फिर्ता लिएको बताउँदै उनले सरकारबाट समर्थन फिर्ता लिइसकेको र त्यो सरकारसँग आफूहरूको कुनै सम्बन्ध नरहेको बताए ।

सरकारमा सहभागी भएकै दल जनमत पार्टी संयन्त्रको बैठकमा सहभागी भएको छैन ।

सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले अध्यक्ष सिके राउत बैठकमा सहभागी हुने कुरा थियो। तर, किन भएन आफ्नो जानकारीमा नरहेको बताए ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २७, शुक्रबार १३:४९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २७, शुक्रबार १३:४९ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २७, शुक्रबार १३:४९ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP