२०८० आश्विन १४
October 1, 2023, Sunday

टर्की भूकम्पमा परि २१ हजारको मृत्यु, दशौँ हजार घाइते

टर्की भूकम्पमा परि २१ हजारको मृत्यु, दशौँ हजार घाइते

एजेन्सी, टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ ।

सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीको सिमाना पार गरेर सिरिया पुगेका छन् ।

यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो ।

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य सङ्गठनले व्यक्त गरेको छ ।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।

अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ ।

अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

Related News

पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’
पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’
  • २०७९ माघ २७, शुक्रबार १२:१९ गते

लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको...

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
  • २०७९ माघ २७, शुक्रबार १२:१९ गते

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस...

अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
  • २०७९ माघ २७, शुक्रबार १२:१९ गते

 अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ...

TOP