काठमाडौं, वि.सं.२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र कलेजको भवन प्रबलीकरण कार्य सुरु गरिएको छ ।
भूकम्पबाट चर्किएको सो कलेजको भवन पुनःनिर्माण नगरेको भन्दै विद्यार्थीले बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै आएका थिए ।
त्यस लगतै सरकारले ४८ करोड बजेट छुट्ट्याएर दुई ढाँचामा निर्माण गर्ने तयारी गरेको थियो ।
भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्वान्वयन एकाइ (भवन तथा आवास) का निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिणपट्टिको पूरै भाग क्षतिग्रस्त भएको छ ।
अब यसलाई पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइनेछ । त्यस्तै, उत्तरपट्टिको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवनको भने प्रबलीकरण गरिनेछ ।
अधिकारीका अनुसार एक महिनाअघि सुरु भएको प्रबलीकरण तथा पुनःनिर्माण कार्य दुई वर्षभित्र सक्नुपर्नेछ ।
कलेजको प्रबलीकरण र पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितको योजना तयार पारेको थियो ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...