काठमाडौं, साफ यू-२० च्याम्पियनसिपमा नेपाल घरेलुटोली बंगलादेशसँग ३-० ले पराजित भएको छ ।
बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।
सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि बंगलादेशसँग पराजित हुँदै नेपाल उपबिजेता बनेको थियो ।
चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।
बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई गोलको अग्रता लियो । दोस्रो हाफमा एक गोल थप्दै विजयी बन्यो ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको...
नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया...
नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै...