धनगढी , सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैनन्।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहीबार नियुक्त भएका थिए।
प्रदेश प्रमुख देवराज जोशीले शाह उनलाई बिहीबार संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसमा प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउने व्यवस्था छ।
मुख्यमन्त्री राजेन्द्र रावलले हिजो विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गरेका थिए। तर प्रस्ताव असफल भएपछि पदमुक्त भए।
नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेसम्म मुख्यमन्त्री शाहलाई पनि विश्वासको मत लिन सहज हुनेछैन। उनी टिकिरहन नयाँ गठबन्धन बन्नुपर्नेछ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...