चितवन, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना गरिने भएको छ ।
पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान० सौराहाले यही माघ २९ देखि फागुन २ सम्म खाना महोत्सव आयोजना गर्ने भएको छ ।
भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् ।
चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक ध्रुव गिरीले जानकारी दिए ।
उनले भने , “भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ ।”
मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीहरूले पर्यटन विकासका लागि खाना महोत्सव आयोजना गर्दै आएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।
प्रणय दिवस मनाउन चाहनेका लागि विभिन्न आकर्षक कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ ।
अध्यक्ष गिरीले भने , “सांस्कृतिक कार्यक्रम, उपहार, खाना, आवासलगायतका कार्यक्रमलाई व्यवस्थित बनाएका छौँ ।” स्थानीय उत्पादनका सामग्रीले सौराहा सिँगारिएको छ ।
सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किनेछन् ।
तीनदिने महोत्सवमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला–संस्कृति, विभिन्न जातजातिका झाँकी प्रस्तुत हुनेछन् ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
सानो पाइला बचत ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहति १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बचतकर्ताको अबौँ...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...