२०८० आश्विन १४
October 1, 2023, Sunday

राष्ट्रपतिले दिइन नयाँ निर्वाचित भएर आएका सांसदहरूलाई शीतल निवासमा दिवाभोज

राष्ट्रपतिले दिइन नयाँ निर्वाचित भएर आएका सांसदहरूलाई शीतल निवासमा दिवाभोज

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गरेकी छिन्।

राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल सकिनुअघि राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदहरूललाई शीतल निवास बोलाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संघीय संसदका नवनिर्वाचित सांसदहरूलाई चियापान कार्यक्रमको आयोजना गरिएको हो।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भइसकेकाले राष्ट्रपति भण्डारीले चियापान कार्यक्रममार्फत् बिदाइको संकेत दिएकी हुन्। उनको कार्यकाल फागुन २८ सकिँदैछ ।

चियापान तथा दिवाभोज कार्यक्रममा संघीय सांसदसँगै विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली तथा सरकारका मन्त्रीहरुको उपस्थिति रहेको छ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २८, शनिबार १८:२७ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २८, शनिबार १८:२७ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २८, शनिबार १८:२७ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP