२०८० आश्विन १४
October 1, 2023, Sunday

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा, ६१ वटा खसालिदिएको युक्रेनको दाबी

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा, ६१ वटा खसालिदिएको युक्रेनको दाबी

एजेन्सी, रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हवाई हमला गरेको हो ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ ।

आक्रमण भएको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताए ।

क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ ।

विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ ।

‘शत्रुले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा ठूलो मिसाइल आक्रमण गरेको र उसका ६१ वटा क्षेप्यास्त्र नष्ट भइसकेका छन्,’ एक जना सैनिक अधिकारीले एपीसँग भने ।

Related News

पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’
पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’
  • २०७९ माघ २८, शनिबार ०८:५१ गते

लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको...

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
  • २०७९ माघ २८, शनिबार ०८:५१ गते

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस...

अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
  • २०७९ माघ २८, शनिबार ०८:५१ गते

 अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ...

TOP