२०८० आश्विन १४
October 1, 2023, Sunday

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई दिए रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई दिए रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन

धनगढी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको भेटवार्ता भएको छ ।

शनिबार टीकापुरस्थित चौधरीको घरमा उनीहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले बताए ।

‘उहाँहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि मेरो नेतृत्वमा सरकार गठन भएको छ ।

मुख्यमन्त्री भएपछि पहिलो पटक उहाँसँग भेटघाट भयो’, शाहले भने, ‘समान्य राजनीतिक विषयमा कुराकानी भयो ।’

तपाईंले उहाँसँग विश्वासको मत पनि माग्नुभयो भन्ने जिज्ञासामा शाहले भने, ‘हो, त्यो विषयमा पनि सामान्य कुरा भयो ।’

रञ्जितालाई भेट्नुअघि मुख्यमन्त्री शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगेर उनका परिवारका सदस्यसँग पनि भेटघाट गरेका थिए ।

शाहले टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नाउपाका संस्थापक तथा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका श्रीमान रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन समेत दिएका छन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २८, शनिबार १५:४१ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

सानो पाइला बचत ऋण तथा सहकारी संस्थाका पदाधिकारीसहित १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी
सानो पाइला बचत ऋण तथा सहकारी संस्थाका पदाधिकारीसहित १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी
  • २०७९ माघ २८, शनिबार १५:४१ गते

सानो पाइला बचत ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहति १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बचतकर्ताको अबौँ...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २८, शनिबार १५:४१ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

TOP