२०८० आश्विन १४
October 1, 2023, Sunday

उच्चस्तरीय संयन्त्रको बैठक लगत्तै आन्तरिक छलफलमा जुटे रास्वपा सभापति लामिछाने

उच्चस्तरीय संयन्त्रको बैठक लगत्तै आन्तरिक छलफलमा जुटे रास्वपा सभापति लामिछाने

काठमाडौ, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी हुन औपचारिक आग्रह गरेपछि सभापति रवि लामिछाने आन्तरिक छलफल थालेका छन्।

उनी पार्टी कार्यालय बसुन्धारामा उपसभापति र महामन्त्रीसहितको छलफलमा जुटेका हुन्।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलगत्तै रास्वपाका नेताहरू छलफलमा जुटेका हुन्।

बालुवाटार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।

बालुवाटार छलफलमा सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

सोही आग्रहबारे छलफल गर्न पार्टी कार्यालयमा शीर्ष नेताहरू जुटेका हुन्। रास्वपालाई सरकारमा ल्याउने प्रयास, उच्चस्तरीय संयन्त्रमा के कुरा भयोरु

सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो।

गृह मन्त्रालय नपाएपछि असन्तुष्ट हुँदै सरकार छाडेको रास्वपाले पुनः सरकारमा फर्कनसक्ने सम्भावना रहेको बताउँदै आएको छ।

सभापति लामिछाने पनि सरकार गठन हुँदाको सहमति कार्यान्वयन भए अझै सरकारमा फर्कनसक्ने मुडमा रहेको रास्वपाका एक नेता बताउँछन्।

‘सभापतिज्यूले पहिलाको सहमति (गृह मन्त्रालय) कार्यान्वयन भए फर्कनसक्ने संकेत गर्नुभएको छ’, ती नेताले भने, ‘यद्यपि यसबारे पार्टी बैठकमा छलफल हुँदैछ।’

गत माघ १३ गतेको सर्वोच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेले सांसददेखि मन्त्री पदसमेत गुमाएका थिए।

तर, नागरिकता र राहदानी विवाद कायमै रहेका बेला उनले गृहमै फर्किन खोज्दा प्रधानमन्त्री दाहाल तयार भएका थिएनन्।

प्रधानमन्त्री रविलाई गृहमा ल्याउन तयार नभएपछि माघ २२ मा रास्वपाले अन्य तीन मन्त्रीलाई फिर्ता ल्याउँदै सरकार छाडेको थियो।

यस्तोमा संयन्त्र संयोजक ओलीले रास्वपालाई सरकारमै फर्काउन जोड दिइरहेका छन्।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २९, आईतवार १३:०५ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २९, आईतवार १३:०५ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २९, आईतवार १३:०५ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP