२०८० आश्विन १४
October 1, 2023, Sunday

डाक्टरको हड्ताल स्थगित, विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन हुने

डाक्टरको हड्ताल स्थगित, विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन हुने

काठमाडौं । आन्दोलनरत् चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो ।

सहमति अनुसार घाइते चिकित्सवको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

साथै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने पनि दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको छ ।

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने पनि सहमति गरिएको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २९, आईतवार १२:१७ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २९, आईतवार १२:१७ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७९ माघ २९, आईतवार १२:१७ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP