२०८१ बैशाख ७
April 19, 2024, Friday

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थाः सबै ‘पारामिटर नर्मल’

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थाः सबै ‘पारामिटर नर्मल’

काठमाडौँ, ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।

उहाँको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

डा. धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा.मुकेशवाट प्राप्त भएको नेता कँडेलको भनाइ छ ।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ ।

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा.भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिइ ।

घट्नालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।

नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

Related News

स्वास्थ्य: गर्भावस्थामा हुने यी गल्तीले आमा र बच्चाको स्वास्थ्यमा असर गर्छ, जान्नुहोस् कसरी गर्ने ?
स्वास्थ्य: गर्भावस्थामा हुने यी गल्तीले आमा र बच्चाको स्वास्थ्यमा असर गर्छ, जान्नुहोस् कसरी गर्ने ?
  • २०७९ फाल्गुन ६, शनिबार ०८:५८ गते

बच्चाको स्वास्थ्य गर्भावस्थाको समयमा र त्यसपछि लामो समयसम्म आमाको स्वास्थ्यमा निर्भर गर्दछ। जान्नुहोस् यस्ता केही गल्तीहरू जसले आमा र बच्चा...

काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
  • २०७९ फाल्गुन ६, शनिबार ०८:५८ गते

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र...

नयाँ औषधी ऐन ल्याइँदै
नयाँ औषधी ऐन ल्याइँदै
  • २०७९ फाल्गुन ६, शनिबार ०८:५८ गते

काठमाडौँ, चैत ३० गते । नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन...

TOP