२०८१ बैशाख ८
April 20, 2024, Saturday

भारतले नेपाललाई दियो दुई सय थान मिर्गौला डायलाइसिस मेसिन

भारतले नेपाललाई दियो दुई सय थान मिर्गौला डायलाइसिस मेसिन

काठमाडौं, भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलाइसिस मेसिन सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।

करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेशिन उपलब्ध गराउन अनुरोध गरेको थियो ।

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।

सो अवसरमा उनले २०७२ मा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोगको नेपाल राष्ट्र र नेपाली जनताले स्मरण गरिरहने बताए ।

नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदैआएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने उनकबो भनाइ छ ।

उनले भने , ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ ।

यसबीचमा दुई मुलुकबीच सरकार–सरकार बीचमा मात्रै नभई जनताको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदैआएको छ ।” दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले सम्बन्ध घनिष्ट रहेको छ ।

भूकम्प र कोभिडको समयमा पनि भारत सरकारबाट भएको सहयोग महत्वपूर्ण र सराहनीय रहेको उनले बताए । “यो सहयोगका लागि म भारतीय राजदूतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु ।”

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनेगरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

राजदुू श्रीवास्तवले भने , ‘करिव एक वर्षअघि नेपाल सरकारको तर्फबाट दुई सय मिर्गौला डायलाइसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध आएको थियो ।

सोहीअनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।” नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्ने उनले बताए ।

भारत नेपालको छिमेकी मात्रै नभई विकास साझेदार राष्ट्र भएको उनले बताए । नेपालको विकासका सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दैआएको उनको भनाइ छ ।

नेपालको ट्रमा सेन्टर निर्माण, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग पनि भारत सरकारले गरेको छ ।

भूकम्पका बेला १३२ वटा हेल्थपोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको उनले चर्चा गरे । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ ।

भारत सरकारको तर्फबाट असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर हुने पनि उनले बताए ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ फाल्गुन ८, सोमबार १३:४३ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ फाल्गुन ८, सोमबार १३:४३ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ फाल्गुन ८, सोमबार १३:४३ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP