२०८० चैत्र १६
March 29, 2024, Friday

आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या

आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या

सुर्खेत, कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका प्रहरीले जनाएको छ।

आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ घर भएका अन्दाजी २६ वर्षीय कबिन्द्र वि.क. रहेका छन्। उनी प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दीको कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए।

वि।कले आफ्नै टाउकोमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीको भनाइ रहेको छ। वि.क बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए।

डिउटी खटिएको सकयका उनले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

टनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।

Related News

पेस्तोलसहित कपनबाट एकजना पक्राउ
पेस्तोलसहित कपनबाट एकजना पक्राउ
  • २०७९ फाल्गुन ११, बिहीबार ०९:२९ गते

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई...

ठमेलबाट कोकिन कारोबार गर्ने दुई ब्राजिलियन नागरिक पक्राउ
ठमेलबाट कोकिन कारोबार गर्ने दुई ब्राजिलियन नागरिक पक्राउ
  • २०७९ फाल्गुन ११, बिहीबार ०९:२९ गते

प्रहरीले काठमाडौंको ठमेलबाट लागु औषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा...

विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • २०७९ फाल्गुन ११, बिहीबार ०९:२९ गते

नेपालगन्ज, चैत १५ गते। नेपालगन्ज विमानस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम...

TOP