२०८० चैत्र १६
March 29, 2024, Friday

सद्भाव र प्रेमको पर्व होली : राष्ट्रपति भण्डारी

सद्भाव र प्रेमको पर्व होली : राष्ट्रपति भण्डारी

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज होलीमा खेलिने रङहरूजस्तै विविधतापूर्ण रहेको धारणा व्यक्त गरेकी छन् ।

फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना दिँदै उनले सो धारणा व्यक्त गरेकी हुन् ।

होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरेकी छन् ।

उनले शुभकामना सन्देशमा उल्लेख छ, ‘‘यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो । तसर्थ फागुपूर्णिमा जस्ता पर्वले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्‍वास मैले लिएको छु ।’’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यस पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसँगीसँग एकआपसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको शुभकामना सन्देशमा जनाइएको छ ।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ फाल्गुन २२, सोमबार ०८:०७ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
  • २०७९ फाल्गुन २२, सोमबार ०८:०७ गते

काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ फाल्गुन २२, सोमबार ०८:०७ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP