२०८० चैत्र १६
March 29, 2024, Friday

होलीले एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गरोस् : सभापति देउवा

होलीले एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गरोस् : सभापति देउवा

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

उनले फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गरी होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन्।

अन्यायविरुद्ध न्यायको जितको सन्देश दिने यो पर्व नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्‌भावका साथ मनाउने गरेको बताएका छन्।

होली पर्व हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

आज पहाडी तथा हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली मनाइँदै छ।

होली पर्वले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गर्दै कांग्रेस सभापति देउवाले सबैमा शुभकामना व्यक्त गरेका छन्।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ फाल्गुन २२, सोमबार ०७:५७ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
  • २०७९ फाल्गुन २२, सोमबार ०७:५७ गते

काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ फाल्गुन २२, सोमबार ०७:५७ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP